नुवाकोटमा जरिवानाबाट पौने दुई लाख राजश्व संकलन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नुवाकोटमा जरिवानाबाट पौने दुई लाख राजश्व संकलन

    मा प्रकाशित

कनिका खबर
साउन १६, नुवाकोट ।
नुवाकोटमा अवैध रूपमा नदीजन्य सामग्री उत्खनन र ओासारपसार गर्नेहरुलाई कारवाही अभियान सुरु गरिएको छ । कारवाहीबाट डेढ महिनामा पौने दुई लाख रुपैयाँ राजश्व संकलन भइसकेको जनाइएको छ । हेभि स्काभेटरसहित ओसारपसारमा संलग्नलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक अविनारायण काफ्लेका अनुसार त्रिशूली नदीबाट अवैध रूपमा बालुवा झिक्दै गरेको एक थान स्काभेटरलाई कारवाही गरि सोही स्थानमा साङ्लो लगाइएको छ ।
प्रहरीले १० थान ट्रिपर नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समिति विदुरमा पठाएको एसपी काफ्लेले बताए । अवैध रूपमा नदीजन्य सामग्री झिक्ने स्काभेटरसहित ओसारपसारमा संलग्नलाई नगद जरिवाना तिराउने कानूनी व्यवस्था रहेको जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए । उनका अनुसार हालसम्म एक लाख ७० हजार रुपैयाँ राजश्व सङ्कलन भइसकेको छ । अझै केही सवारी साधनमाथि कारवाहीको प्रक्रिया भइरहेको छ । नुवाकोटका नदी र खोलाबाट अवैध रूपमा नदीजन्य सामग्रीको उत्खनन् तथा ओसारपसार गर्ने सवारी साधनलाई कारवाही गरिएको छ ।
प्रचलित कानूनअनुसार असारदेखि भदौसम्म नदी र खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न नपाइने व्यवस्था भएपनि लुकिछिपी बालुवा उत्खननमा संलग्न एक स्काभेटरसहित १० थान ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत वर्ष नुवाकोटका नदी र खोलाबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन्मा संलग्न रहेका सवारी साधनमाथि गरिएको कारवाहीबाट १२ लाख १० हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्