कलशकाे स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रम – Kanika Khabar
Thursday, April 30Nepali News Portal

कलशकाे स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रम

    मा प्रकाशित

हेमराज शर्मा

दाङ,असार १४।

दाङकाे घाेराहीमा रहेको  कलश बचत तथा ऋण सहकारी संस्थाले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । जिल्लामा रगतकाे अभावमा कसैकाे अकालमा मृत्यु नहाेस भनि संस्थाकाे १८ ओै स्थापना दिवसकाे अवसर पारेर रक्तदान कार्यक्रम गरिएको हाे ।

रक्तदान जीवन दान भन्ने मूल मान्यतालाई आत्मसात गर्दै रक्तदान गरिएको सस्थाले जनाएको छ । नेपाल रेडक्रस साेशाईटी,रक्त सञ्चार केन्द्र घाेराहीकाे समन्वयमा आयाेजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा इशेवरी प्रसाद आचार्य,टिकाराम पाैडेल,कमल थपलिया,काेमलराज पाण्डे,संताेष केसी,श्रीकान्त अधिकारी,युवराज थपलिया,ध्रुवराज पाैडेल,आकास गुप्ता,चेतनाथ पाण्डेय,जीवन महरा,गेहेन्द्र वस्नेत,निवेश खनाल,गायत्रा खनाल,सरिता बुढाथोकी,चन्द्रप्रभा पुन,दामाेदर पाैडेल,प्रविन पन्थि,सराेज आचार्य,शालिकराम खनाल,प्रकाश अधिकारी,शरद चाैधरी,गिरिराज पाख्रेल,तेज बहादुर रावत, काशिराम पाण्डे, लक्ष्मण शर्मा, बिक्रम अधिकारी र केशव खड्काले रक्तदान गर्नुभएको थियाे ।

संस्थाका अध्यक्ष माधव खनालकाे अध्यक्षता तथा शिववस्ति टाेल विकास संस्थाका अध्यक्ष किशाेर आचार्यकाे प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघमा केन्द्रीय सचिव सविन प्रियासनकाे विशिष्ट आतिथ्यमा कार्यक्रम भएकाे हाे । स्थापना दिवसकै अवसर पारेर शुक्रबार घाेराही ६ स्थित जनकल्याण प्रावि लखवारमा ३५ जनालाई विद्यालय पाेसाक र ३६ जनालाई कापी वितरण गरिएको थियाे । रक्तदान कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव विमल याेगीले गर्नुभएको थियाे /

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्