सुनसरी, १६ असार ।
सुनसरीको बराहक्षेत्र नगरपालिका(५ तीनकुनेबाट अवैध लागूऔषध गाँजा करिब १ सय २० किलोग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका(४ इक्राही बस्ने २६ वर्षीय धिरज गोसाई र जहदा गाउँपालिका(७ बस्ने २२ वर्षीय बिकास यादव रहेका छन् । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको प्रदेश १(०२(००१ ज ४६३७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई राखेको ६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला पारी कार चालक धिरज र कारमा सवार बिकासलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।