काकरभिट्टाका १२ जना शसस्त्र प्रहरीमा कोरोना देखियो – Kanika Khabar
Sunday, April 27Nepali News Portal

काकरभिट्टाका १२ जना शसस्त्र प्रहरीमा कोरोना देखियो

    मा प्रकाशित

कनिका खबर
साउन १६, झापा
पुर्वी नाका काकरभिट्टाका १२ जना शसस्त्र प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरिएकामा १२ जनामा सङ्क्रमण देखिएको छ । २० जनाको रिपोट भने नेगेटिभ अर्थात कोरोना नभएको आएको बिराटनगर स्थीत कोशी अस्पतालको कोरोना उपचार केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै साउन ११ गते नै काकरभिट्टाको सामुदायिक भवनमा संकलन गरिएको ८५ वटा नमूनामा सबैको नतिजा नेगेटिभ अर्थात कोरोना नभएको आएको छ । ८५ जना समुदायस्तरका मानिसमा गरिएको नमूना संकलनमा सबैको कोरोना परिक्षण नेगेटिभ आएको हो । समुदायस्तरमा औषधि ब्यवसायी, फलफुल ब्यवसायी, होटलका कामदार ,पत्रकार लगायतबाट नमूना संकलन गरिएको भए पनि सबैको रिपोट नेगेटिभ आउनुलाई केही राम्रो मान्न सकिने मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालले बताउनु भयो । यस अघि पनि २० जना सीमानाकामा सुरक्षामा रहेका शसस्त्र प्रहरीमा कोरोना सक्रमण देखिएको थियो भने समुदायस्तरमा अहिलेसम्म मेचीनगरमा कोरोना सङ्क्रमण देखिएको छैन । १२ जना संक्रमित थपिएसंगै मेचीनगरमा मात्रै कोरोना सङ्क्रमितको संख्या ८२ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्