मुगुमा २० लाख रकम सहित एक जना ठेकेदार बेपत्ता – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

मुगुमा २० लाख रकम सहित एक जना ठेकेदार बेपत्ता

    मा प्रकाशित

कनिका खबर
साउन १६, मुगु
मुगुका एक जना ठेकेदार बेपता भएका छन् । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका अन्दाजी ३० वर्षका ठेकेदार टासी तामाङ २० लाख रुपैयाँ सहित गत १४ गते देखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार तामाङले गत मंगलबार पुलु स्थित राष्ट्रिय वाणिज्य बैंकबाट सानो कोइकी पर्यटकीय पद मार्गको भुक्तानी लिन सदरमुकाम गमगढी बजारमा आएका थिए । बैंकबाट रकम लिएर गाउँ फर्कने क्रममा उनी बेपत्ता भएको प्रहरी नायव उपरिक्ष भुवनेश्वर प्रसाद साहले जानकारी दिनु भयो । उहाँका अनुसार बेपत्ताको खोजीका लागि पुलु प्रहरी चौकीको टोली परिचालन गरिएको साहको भनाई रहेको छ । साउन १४ गते राति उनी चितैकुनाको एक होटेलमा बास बसेका र त्यही रात स्थानीय सँग झगडा पनि परेको प्रहरीले जानकारी दिएको छ । मजदुरलाई वितरण गर्न तामाङले बैंकबाट रकम भुक्तानी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्