पवन आचार्य
दाङ । घोराही उपमहानगरको नेतृत्व बिगत ७ वर्षदेखि गर्दै आऊनु भएका प्रिय मेयर साब!
हिजोदेखि प्रारम्भ भएको स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दुको बहस र जनतालाई पर्न सक्ने असहजताको कारक बिमा बोर्डको निर्णय नभएर हामीले एउटा नगर अस्पताल निर्माण गर्न या सञ्चालनमा ल्याउन नसक्नु तर आफूलाई स्थानीय सरकार हौं भनेर मोटो कर मात्र असुल्न तल्लिन रहने हो भने मैले मेयर साबलाई नम्र निवेदन गरे भने ठिक हुन्छु कि म गलत ?
अर्को कुरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमा बोर्डले प्रथम सेवा बिन्दु हटाएको कुरामा सैद्धान्तिक रुपमा म सहमत छु । किनकि प्रतिष्ठानमा (सबैले बुझ्ने भाषामा भन्नु पर्दा ) ठुलाठुला अप्रेसन लगायतका उपचार पो हुनु पर्छ त । अनि उपमहानगरले आफ्नो मात्र अस्पताल हो प्रतिष्ठान भन्ने सोचेर हो त आजसम्म नगर अस्पताल नबनाएको? । घोराही आसपासका बासिन्दाले सामान्य ज्वरो ,रुघा -खोकी लाग्दा , पेटमा ग्यॉंस बढदा पनि प्रतिष्ठानमा उपचार गराउने भीड भयो भने कडा रोगका उपचार गर्न प्युठान , सल्यान , रोल्पा , रुकुम लगायत दाङकै पनि बिरामीहरुले कसरी उपचार सेवा लिने ?
पुनश्च- बङ्गलाचुली र घोराहीका बासिन्दाको असहजताप्रति संबेदनशील रहेरै प्रथम सेवा बिन्दु थप गर्न हिजो नै किरण किशोर घिमिरे र म सम्बन्धित निकायमा पुगेर समस्याको कारण र समाधानको उपायका सन्दर्भमा लामो बहस गरेर फर्किएका छौ ।
प्रिय मेयर साब बल हजुरको कोटमा छ रातदिन खटेर तत्काल प्रथम सेवा बिन्दु नारायणपुर र गोग्लीका स्वास्थ्य केन्द्रको स्तर ऊन्नति गर्नुहोस ! स्थानीय सरकारको महसुस जनतामा गराउनुहोस् । बिरामीलाई उपचारबाट बञ्चित गर्न पाईदैन ।
आचार्य नेपाल औषधी आयातकर्ता संघको अध्यक्ष


