सञ्चार उद्यमी धितालका हत्यारालाई कारवाहीको माग : ढुक्क हुनुस,यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कार्वाही गर्न आइजीपीलाई निर्देशन दिन्छु– गृहमन्त्री – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

सञ्चार उद्यमी धितालका हत्यारालाई कारवाहीको माग : ढुक्क हुनुस,यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कार्वाही गर्न आइजीपीलाई निर्देशन दिन्छु– गृहमन्त्री

    मा प्रकाशित

काठमाडौँ, ३ असार ।
दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्याराई कार्वाही गर्न रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेसन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सह इन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्याकर्षण पत्र बुझाए ।
रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको २०६७ साल साउन ६ गते अपरान्ह तुलसीपुर १२ जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।
ध्याकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अपराधीलाई कार्वाही गर्नु राज्यको कर्तव्य भएको भन्दै संचार उद्दमी हेमराजका हत्याराको पहिचानगरी कार्वाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिवद्वता जनाए ।
हत्याराको पहिचानगरी कार्वाही गरिने उनले बताए । ‘१५ वर्षसम्म पनि सञ्चार उद्यमीका हत्यारा पत्ता नलाग्नु दुःखद हो ।’ गृहमन्त्री लेखकले भने ‘ढुक्क हुनुस,यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कार्वाही गर्न आइजीपीलाई निर्देशन दिन्छु ।’

यो घटना अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले गरिरहेको छ । सिआईबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धि भने शून्य भएको मृतक हेमराजका भाइ पुष्करको गुनासो छ । उनका अनुसार प्रहरीले हालसम्म हत्याराको स्केच समेत तयार पार्न सकेको छैन्

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्