गुल्मीमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गुल्मीमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन १६, गुल्मी ।
गुल्मीमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड न ५ टाहाटिम आटिपाटामा शुक्रबार साँझ पहिरोले घर बगाउँदा एकै घरका ४ जनाको ज्यान गएको हो ।

लगातारको वर्षाका कारण माथिबाट खसेको पहिरोले स्थानीय राजु बोटेको घर बगाउँदा चार जनाको ज्यान गएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए । पहिरोमा परेर राजु बोटेकी श्रीमती र दुई छोरा र एक छोरिको ज्यान गएको उनले बताए ।

राजु बोटे भने वैदेशिक रोगारीमा छन । अहिले घटनामा परेकाहरुको उद्धारका लागि इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली घटना स्थल जाँदै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्