दाङको यु – १६ फूटवल टोली डाना कप खेल्न डेनमार्क – Kanika Khabar
Friday, May 15Nepali News Portal

दाङको यु – १६ फूटवल टोली डाना कप खेल्न डेनमार्क

    मा प्रकाशित

दाङ, साउन ५ ।
दाङको लुम्बिनी फुटबल एकेडेमीको यु – १६ टोली डाना कप खेल्न डेनमार्क पुगेको छ । युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपका लागि एकेडेमीका खेलाडीले मंगलबारदेखि प्रतिष्पर्धा गर्ने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी फुटबल एकेडेमीका डेनमार्क जान थालेको टोलीलाई बिदाई गर्दै शुभकामना दिएका थिए ।

च्यासलस्थित पार्टी कार्यालयमा बोलाएर एकेडेमीका १२ खेलाडी र ३ अफिसियललाई खादा लगायर बिदाई गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिएको एकेडेमी सञ्चालक तथा म्यानेजर समीर वलीले बताए ।

एकेडेमीका टिम क्याप्टेन पृतम बुढालाई नेपालको झण्डा ओढाएर जितेर आउन प्रधानमन्त्री ओलीले शुभाकाना दिएका थिए ।

लुम्बिनी फुटबल एकेडेमी ब्यक्तिगत लगानीमा सञ्चालन हुँदै आएको छ । जस्ले पिछाडिपारिएको र बिपन्न परिवारका बालबालिकालाई निशुल्क रुपमा आवासीय सुविधा पनि दिने गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्