वक्तृत्वकला प्रतियोगिता सम्पन्न – Kanika Khabar
Friday, September 11Nepali News Portal

वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    मा प्रकाशित

दाङ, ९ साउन ।
नेपाल विद्यार्थी संघ दाङको आयोजनामा खुला वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । आज शुक्रबार घोराहीमा एक कार्यक्रमकाबिच नेविसंघले खुला वादविवाद प्रतियोगिता सम्पन्न गरेको हो ।
४३ औँ बिपी स्मृति दिवसको अवसरमा नेविसंघले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । नेविंघले ७७ वटै जिल्लामा बिपीको स्मृति दिवसको अवसरमा वक्र्ततवकला प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा भुपेन्द्र न्यौपाने प्रथम, आयुष देवकोटा द्वितीय, मदन परियार तृतीय र तेजस्वी डाँगीले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई १० हजार, द्वितीय स्थान पाप्त गर्नेलाई ७ हजार ५ सय तृतीय स्थान प्राप्त गर्नेलाई ५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २ हजार ५ सय नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा २५ जना प्रतियोगी सहभागी रहेका थिए । कार्यक्रममा डा. सुदीप गौतम, आदिम के.सी. र सन्ध्या रेग्मी निर्णायक रहेका थिए ।

नेपाली काङ्ग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको प्रमुख आतिथ्य तथा नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नेविसंघ दाङका सदस्ूय दिपेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य अर्जुन भट्टराईले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्