मावि स्तरीय चित्रकला प्रतियोगिता – Kanika Khabar
Thursday, June 11Nepali News Portal

मावि स्तरीय चित्रकला प्रतियोगिता

    मा प्रकाशित

घोराही, १० साउन ।

शान्ति निकेतन विद्यालय घोराही १५ काठेकोहलले आयोजनामा मावि स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले आज शनिबार कार्यक्रमको आयोजना गरी मावि स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा ज्ञानमाला एकेडेमी घोराही १६ सर्राकी स्मारिका चौधरी प्रथम भएकी छिन् । गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीका अमृत बुढा मगर द्वितीय लिटल एन्जल स्कुल घोराहीका मानव दनवार तृतीय र राजविद्या पाठशालाका अश्विन शाह तथा शुभ सन्देश शिक्षा सदनका बादल बिक सान्त्वना भएका छन् ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष यादव गिरीको अध्यक्षता एवम् नागरिक समाज दाङका सल्लाहकार चन्द्रराज पन्तको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न  भएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पन्तले विद्यार्थीहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए । प्रतियोगिताको आयोजना गरी विद्यार्थीलाई सिर्जनशील बनाउन र उनीहरुको सिर्जनात्मक क्षमतालाई थप परिस्कृत गर्न शान्ति निकेतन विद्यालयले निर्वाह गरेको भूमिकाप्रति पन्तले प्रशंसा गरे ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि पन्तले प्रतियोगिताका विजेताहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरेका थिए । यसैगरी प्रतियोगिताका सहभागी विद्यालयहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो ।

विद्यालयकी प्राथमिक तह संयोजक यशोदा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षिका उर्मिला डाँगीले गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्