सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या – Kanika Khabar
Tuesday, May 26Nepali News Portal

सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या

    मा प्रकाशित

सुर्खेत, ११ साउन ।
सुर्खेतमा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ सुगर खोलाका ४० वर्षीया रविना ठाडामगरको गएराति हत्या श्रीमान ४२ वर्षीय दानसिंह ठाडा मगरले हत्या गरेका हुन्।
मध्यरातमा गहिरो निद्रामा रहेकी रविनाको हत्या दानसिंहले गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढाथापाले बताए । प्रवक्ता थापाका अनुसार श्रीमती निदाइरहेको बेलामा दानसिंहले खाटको खुट्टा बनाउन भनेर राखिएको काठले हानेर श्रीमतीको हत्या गरेका थिए।

काठले प्रहार गर्दा रविनाको घटनास्थलमै मृत्यु भएको थियो। स्थानीयले खबर गरेपछि आइतबार बिहान साढे २ बजेतिर अस्थायी प्रहरी बिट कहरेखोलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

श्रीमतीको हत्या गरी सुतिरहेका दानसिंहलाई १० जनाको समूहमा गएको प्रहरी टोलीले औछ्यानबाटै नियन्त्रणमा लिएको थियो।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी बुढाथापाले बताए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्