थप ३ सय १५ सहित नेपालमा कोरोना सङ्क्रमण २०हजार नाघ्यो – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

थप ३ सय १५ सहित नेपालमा कोरोना सङ्क्रमण २०हजार नाघ्यो

    मा प्रकाशित

कनिका खवर
साउन १७, दाङ
मुलुकभर थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय १५ जना सङ्क्रमित फेला परेको जानकारी दिएका छन् । सङ्क्रमितको संख्या २० हजार ८६ पुगेको छ । २४ घन्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ । २४ घन्टामा ६ हजार ९ सय ९३ परीक्षण गरिएको छ । मन्त्रालयका अनुुसार आज सम्म पीसीआर विधिबाट ३ लाख ८२ हजार ४९० परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५ सय ३३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ३३८ जना रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्