एनपिएलबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा – Kanika Khabar
Monday, May 25Nepali News Portal

एनपिएलबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा

    मा प्रकाशित

काठमाडौँ, १५ साउन ।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) ले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको छ । क्यानले गत वर्ष सम्पन्न एनपिएलको खर्च विवरण सार्वजनिक गर्दै २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको बताएको हो ।

एनपिएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको छ । प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

जसबाट बचत रकमको ५० प्रतिशत अर्थात ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ ८ फेन्चाइच टोलीलाई बाडिएको छ । बाँकी ५० प्रतिशतबाट ७० लाख रुपैयाँ प्रदेशलाई बाँडिएको छ । बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा बचत भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्