कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

    मा प्रकाशित

कनिका खवर
साउन १७, दाङ
पर्सामा कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः अवरोध गरेका छन् । अवरोधकै बीच सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको छ । शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएका थिए । शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । भिडलाई नियन्त्रणमा लिन आधा दर्जन सेल अश्रु ग्यास प्रहार गर्नु परेको प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कार्कीले बताए । उहाँका अनुसार शव गए राति नै व्यवस्थापन गरिसकिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्