मदनले चुनाव जितेकै घरमा सर्दै विद्या – Kanika Khabar
Thursday, June 11Nepali News Portal

मदनले चुनाव जितेकै घरमा सर्दै विद्या

    मा प्रकाशित

काठमाडौँ, २२ साउन ।
एमालेमा अध्यक्ष केपी ओलीलाई चुनौती दिइरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बानेश्वर हाइटस्थित थापा गाउँमा चार तले भवन भाडामा लिएर सम्पर्क कार्यालय खोल्न लागेकी छन्।

एमालेमा ओली समूहले प्रवेश निषेध गरेपनि सक्रिय राजनीतिमा फर्किएको दाबी गरेकी भण्डारीले राजनीतिक गतिविधिमा सहजताका लागि सम्पर्क कार्यालय खोल्न लागेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको छ ।

मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको छ ।

उक्त घर ऐतिहासिक मानिन्छ। मदन भण्डारीले २०४८ सालमा काठमाडौंबाट चुनाव लड्दा सोही घरलाई सम्पर्क कार्यालय बनाएका थिए। निर्वाचनमा भण्डारीले तत्कालिन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए।

अहिले उक्त घरमा व्यवस्थापनको काम भइरहेको छ। काम सकिए लगत्तै भण्डारीले उक्त घरबाट राजनीतिक गतिविधि सुरु गर्नेछिन्।

मदन भण्डारी फाउन्डेसनको नाममा घर भाडामा लिइएपनि राजनीतिक गतिविधिलाई बढावा दिने र कार्यकर्तासँग भेटघाट बढाउने पूर्वराष्ट्रपतिको उद्देश्य छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्