बाँकेमा गएरातिदेखि नै निषेधाज्ञा – Kanika Khabar
Friday, May 16Nepali News Portal

बाँकेमा गएरातिदेखि नै निषेधाज्ञा

    मा प्रकाशित

कनिका खवर
साउन १८, वाँके
समुदायस्तरमै कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि बाँकेमा गएरातिदेखि निषेधाज्ञा जारी गरिएको छ । लकडाउन खुलेसँगै बाँकेमा कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि गएराति १२ बजेदेखि लागु हुनेगरी तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । प्रशासनको निषेधाज्ञापछि आज बिहानैदेखि बाँके सुनसान जस्तै देखिएको छ । स्थानीय प्रशासनले निषेधाज्ञामा केही महत्वपूर्ण सेवाहरु भने नरोकिएको स्पष्ट पारेको छ । स्वास्थ्य, सुरक्षा, दुरसञ्चार, खानेपानी, दूध, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, खाद्यान्न, तरकारी आपूर्ति जस्ता सेवाहरु सञ्चालनमा रहने छन् । एम्वुलेन्स, शववाहन, दमकल, झण्डावाला सवारी र कुटनीतिक नियोगका सवारीसाधनलाई पनि सञ्चालन हुन दिइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्