छन्द साहित्यको उत्थान गर्दै छन्दसङ्गम – Kanika Khabar
Saturday, May 30Nepali News Portal

छन्द साहित्यको उत्थान गर्दै छन्दसङ्गम

    मा प्रकाशित

दाङ,३१ साउन ।

राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित त्रैमासिक रूपमा सञ्चालन गरिने कार्यक्रम अन्तर्गत ७५औं ‘छन्दसङ्गम’ श्रृङ्खला कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतिथ्यतामा शुक्रवार कार्यक्रम भएको हो ।

परिषद् दाङ शाखाले मासिक रूपमा महिनाको अन्तिम शुक्रबार कुनै महिना छन्दसङ्गम, कुनै महिना कृतिको समीक्षा त कुनै महिना एकल रचना वाचन कार्यक्रम गर्दै आएको छ । नियमित कार्यक्रमका साथै राप्ती साहित्य परिषद् दाङ शाखाले नेपाली भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको उत्थानका लागि एक दुई महिनाको अन्तरमा साहित्यिक बहस, पुस्तक परिचर्चा, पुस्तक विमोचन, काव्य उत्सव, सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, लेखक दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा.हिमलाल पन्थी, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पद्मप्रसाद शर्मा, साहित्यकार गणेश विषम, नारायण नेपाल, हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ धनसिंह गिरी, दामोदर पौडेल, महेशकुमार न्यौपाने, वीना रोका, एकराज शर्मा अधिकारी, शरद गौतम, सुरेशकुमार पाण्डे, एकनारायण चापागाईं, नगेन्द्र गुरु, शरद गौतम, रिमा गौतम, सुशीला आचार्य, सुशील कुमार गुप्ता, गिरिप्रसाद पन्थी लगायतका कविले आआफ्नो छन्दका सिर्जना वाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँले दाङलगायत समग्र देशको छन्द साहित्यको विकास र उत्थानमा छन्दसङ्गम कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष डा. टीकाराम उदासी भर्खरै नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको गरिमामय निर्देशक पदमा नियुक्त भएकोमा केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाले सो कार्यक्रममा सम्मान गरेका थिए । साथै धनसिंह गिरी, कुशल पौडेल र ओमकार शिल्पकार वाद्यवादन टोलीको साथमा साहित्यकार स्वर्णशिकाले कृष्ण भजनसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा दाङ शाखाका सल्लाहकार दीपक शर्मा ’समीर’ अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसी साहित्यकारहरू सुभाष न्यौपाने, कृष्णप्रसाद गौतम, वसन्त पोखरेल,गोपाल भुसाल अभिलाषी, यशोदा केसी, रवि शिल्पकार लगायत साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो । राप्ती साहित्य परिषद् दाङ शाखा उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट थालिएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्