रोल्पाको रुन्टिगढिमा सामूहिक कुटपिटबाट एक युवकको मृत्यु – Kanika Khabar
Saturday, March 15Nepali News Portal

रोल्पाको रुन्टिगढिमा सामूहिक कुटपिटबाट एक युवकको मृत्यु

    मा प्रकाशित

कनिका खवर
साउन १८, रोल्पा
सामूहिक कुटपिटबाट रोल्पामा एक युवकको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका वडा नं. ६ सालबाङका २४ वर्षिय ईश्वर बस्नेतको कुटपिटबाट मृत्यु भएको हो । स्थानीय गोठे बुढाको साथमा रहेको नगद ५ हजार र हातमा लगाएको घडी लुटेपछि बुढाले गाउँका स्थानीयलाई राती १० बजे खबर गरेपछि १४ जनाको समूहले लुटेराको आरोप लागेकाको घरमा गइ कुटपिट गरेका हुन् । दाङ घोराही उपमहानगरपालिका १२ हापुरबाट घर फर्कदैै गर्दा रुन्टीगढि गाउँपालिका ६ को भन्झ्याङ खोलामा बस्नेतले बुढालाई लुटेको बताइएको छ । कुटपिटबाट गम्भिर घाइते भएका बस्नेतलाई त्यही समूहले स्वास्थ्य चौकी ढुब्रिङमा सामान्य उपचार गराइ थप उपचारका लागि दाङ लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ । घटना जानकारी पाउनासाथ प्रहरी घटना स्थलमा पुगेर ६ जनालाई नियन्त्रणमा लिएको छ भने घटनामा संलग्न ८ जना फरार रहेका छन् । फरार अभियुक्तहरुको खोजीकार्य जारी रहेको रोल्पा प्रहरीले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्