टाेल विकास संस्थाले गर्याे २ किलाेमिटर बाटाे सरसफाई – Kanika Khabar
Sunday, May 31Nepali News Portal

टाेल विकास संस्थाले गर्याे २ किलाेमिटर बाटाे सरसफाई

    मा प्रकाशित

कपिल लामिछाने
साउन १८, दाङ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेकाे बालुवा टाेल विकास संस्थाले शनिबार करिव २ किलाेमिटरकाे बाटाे सरसफाई गरेकाे छ ।
टाेल विकास संस्था र टाेल सुरक्षा समितिकाे समन्वयमा बाटाेमा रहेका खाल्डाखुल्डीहरु पुर्दै बाटाे छेउछाउमा रहेकाे जारपातहरु उखेल्दै स्वच्छ गाउँ सुन्दर ठाउँ भन्दै सरसफाइ अभियान चलाएकाे टाेल विकास समितिका अध्यक्ष ध्रुव मल्लले बताए ।
वर्षायामकाे बेलामा गाउँ आउने मानिसहरुलाई सहज हाेस् भन्ने हेतुले उक्त सरसफाई अभियान सञ्चालन गरिएकाे थियाे । आफ्नाे गाउँ आफै बनाउँ भन्दै गुहारखाेलाकाे पुलदेखि जमुनी पुग्ने बाटाे सम्म सरसफाइ गरिएकाे टाेल बिकास संस्थाका सचिव ओम प्रकाश पार्धेले बताए । नजिकै ईट्टा भट्टा भएकाले यहाँ धेरै सवारी साधनहरु आवतजावत गर्ने हुदाँ बाटाेमा धेरै खाल्डाखुल्डी भएकाे भन्दै उक्त खाल्डाहरु पुर्दै बाटाेलाई पुर्ण रुपले सफा बनाउन उक्त अभियान सुरु गरिएकाे पनि सचिव पार्धेले बताए।
बालुवा टाेल बिकास संस्थाका अध्यक्ष रुद्र मल्लकाे अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेत तथा हेमन्तपुर प्रहरी चाैकीका प्रहरी ईचार्ज ईन्द्र बहादुर पालकाे प्रत्यक्ष सहभागितामा उक्त सरसफाइ अभियान सुरु भएकाे थियाे सरसफाइ अभियान बिहान ७ बजेबाट सुरु भई ११ बजे सकिएकाे थियाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्