दाङ । माध्यमिक शिक्षा परीक्षा )एसइई) २०८१ को नतिजा पुनर्योग गर्दा दाङकी थप एक छात्राको ४ जिपिए आएको छ । गत असार १४ गते सार्वजनिक भएको एसइईको नतिजामा चित्त नबुझेपछि गरिएको पुनर्योगमा दाङको घोराहीस्थित राप्ती आवासीय माध्यमिक विद्यालयकी सदीक्षा गौतमले ४ जिपिए प्राप्त गरेकी हुन् ।
गत असार १४ गते सार्वजनिक गरिएको नतिजामा गौतमले अनिवार्य गणितमा ३.९६ जिपिए प्राप्त गरेकी थिइन् । सार्वजनिक नतिजामा चित्त नबु्झेपछि गौतमले पनर्योग गरेकी थिइन् । सार्वजनिक पुनर्योगको नतिजामा उनले अनिवार्य गणितमा ४ जिपिए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल टोप बहादुर वलीले जानकारी दिए । योसँगै उनी पनि ४ जिपिए प्राप्त गर्ने विद्यार्थीको सूचीमा परेकी छिन् । शर्माको ४ जिपिए आएसँगै एसइई २०८१ मा दाङबाट ४ जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या २८ पुगेको छ ।
सार्वजनिक नतिजाको तथ्याङ्क अनुसार आदर्श माध्यमिक विद्यालय लालमटियाबाट सन्दिप गिरी र गुरुजजुर माध्यामिक विद्यालय रक्षाचौरबाट टोपबहादुर पुन, ज्ञानज्योति पब्लिक स्कुलका सविन भुषाल, समिर केसी, भविष्य थापा, पवन डाँगी, भावना पोख्रेल र अन्जली घर्ती , गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरबाट भुमा खड्का, शिशिर सुनार र दिपक क्षेत्री, जनज्योति विद्यामन्दिर घोराहीबाट सक्षम अधिकारी, निरुता खनाल र लोमस वली र बाल सहारा इङ्लिस स्कुल तुलसीपुरबाट हरिकला घर्तीमगर, साधना अधिकारी र शिखा विक, माउन्टभ्यु इङ्लिस बोर्डिङ स्कुल घोराहीबाट सलिना पौडेल, सिद्धान्त अधिकारी र रक्षा शर्मा, गोरखा सेकेन्डरी स्कुल लमहीबाट मिलन खनाल, सनलाइट मोर्डन सेकेन्डरी स्कुल लमहीबाट जेसिका शर्मा, सिद्धार्थ एकेडेमी घोराहीबाट हिमानी शर्मा, दीपशिखा सेकेन्डरी स्कुल घोराहीबाट श्रीगेश गिरी, आइडियल इङ्लिस बोर्डिङ स्कुल तुलसीपुरबाट महिम चौधरी, पब्लिक एजुकेसन एकेडेमी राप्तीबाट आशिका पौडेल, पिपुल्सल्यान्ड सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल हापुरेबाट रितु पौडेल, अमृत एकेडेमी बिजौरीबाट अञ्जली घर्तीमगर र राप्ती आवासीय मावि घोराहीबाट सदिक्षा गौतमले चार जिपिए प्राप्त गरेका छन् ।


