संस्कृति संरक्षणसँगै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने आवश्यकता : श्रेष्ठ – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

संस्कृति संरक्षणसँगै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने आवश्यकता : श्रेष्ठ

    मा प्रकाशित

गोरखा, भदौ २१ – पालुङटार नगरपालिका–८ धुवाँकोटमा आज छैटौं नगरपालिका स्तरीय खुल्ला लाखे नाच प्रतियोगिता भएको छ। धुवाँकोट नेवार समाजको आयोजनामा तथा पालुङटार नगरपालिकाको प्रायोजनमा सम्पन्न कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भए।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले आजको राष्ट्रिय कार्यभार सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धि भएको उल्लेख गरे। उनले सुशासन कायम गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु, संविधान संशोधनमार्फत प्रणालीलाई सुदृढ गर्नु, राजनीतिक शुद्धिकरण गर्नु तथा राज्यका अंगहरूको सुधारमार्फत जनतालाई प्रत्यक्ष लाभ दिने दिशामा सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने धारणा राखे।

“राजनीतिक परिवर्तन केवल सत्ता परिवर्तन वा अधिकार प्राप्तिको लागि मात्र होइन, जनताको जीवनस्तर सुधारका लागि हो,” उनले भने, “त्यसैले अबको ध्यान सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित गर्न आवश्यक छ।”

श्रेष्ठले केही सकारात्मक उपलब्धि भए पनि जनताले अपेक्षा गरेअनुसार अझै पर्याप्त प्रगति नभएको उल्लेख गर्दै विकास र समृद्धिको लक्ष्य पूरा गर्नु सबैको साझा जिम्मेवारी भएको बताए।

सो अवसरमा उनले लाखे नाच प्रतियोगिता केवल सांस्कृतिक प्रस्तुति मात्र नभई परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण गतिविधि भएको भन्दै प्रशंसा गरे।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्