लुकिछिपि मुगुका दुई वटा तिर्थधाममा बाहिरी जिल्लाका भक्तालु प्रवेश – Kanika Khabar
Sunday, March 16Nepali News Portal

लुकिछिपि मुगुका दुई वटा तिर्थधाममा बाहिरी जिल्लाका भक्तालु प्रवेश

    मा प्रकाशित

कनिका खबर
साउन १८, मुगु

मुगुमा रहेका विश्वका चार धाम मध्येको छायानाथ धाममा जिल्ला भन्दा बाहिरका भक्तालु लुकिछिपी प्रवेश गरेको पाइएको छ । गत साउन सात गते जिल्ला प्रशासन कार्यालय मुगुमा बसेको सर्वदलीय बैठकले जिल्ला बाहिरबाट भक्तालु आउन नदिने निर्णय गरेको थियो । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोग गाउँपालिकाको छायानाथ धाम र छायानाथ रारा नगरपालिका वडा नम्बर १२ मा पर्ने ऋणिमोक्क्ष तिर्थ स्थलमा बाहिरी जिल्लाका भक्तालु लुकिछिपि तीर्थमा प्रवेश गरेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । हाल उक्त स्थानमा छिमेकी जिल्ला जुम्ला, हुम्ला लगायत बाजुराबाट तिर्थालु आएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनुभयो ।

जिल्ला बाहिरकालाई तिर्थयात्रा गर्न नदिने सम्बन्धित स्थानीय तहलाई जिल्ला प्रशासनले परिपत्र गरेको छ भने जिल्लावासीले पनि भिडभाड गरेर तिर्थ यात्रा नगर्न जानकारी गराएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्