भारतमा कोरोना सङ्क्रमितको संख्या साढे १७ लाख नाघ्यो – Kanika Khabar
Saturday, April 27Nepali News Portal

भारतमा कोरोना सङ्क्रमितको संख्या साढे १७ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन १८, काठमाडौं

भारतमा कोरोना सङ्क्रमितको संख्या साढे १७ लाख नाघेको छ । दिन प्रतिदिन ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५४ हजार ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै भारतमा कोरोना सङ्क्रमितको संख्या १७ लाख ५४ हजार १ सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ८ सय ५३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३७ हजार ४ सय १५ पुगेको छ । यस्तै भारतमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ११ लाख ४५ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्