काठमाडौं, २९ भदौ ।
पहिलाे महिला महान्यायाधिवक्ताको रूपमा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई नियुक्त गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गर्नुभएकाे हाे । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, प्रधानमन्त्रीको सिफारिसपछि राष्ट्रपति पौडेलले बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभयाे ।
यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिनुभएकाे थियाे । महान्यायाधिवक्ताको पदमा महिला प्रतिनिधित्व भएको यो पहिलो पटक हो। नेपालको इतिहासमा यसअघि कहिल्यै महिला महान्यायाधिवक्ता नियुक्त भएको थिएनन।
प्रधानमन्त्री सुशीला कार्की आफैँ पनि नेपाली राजनीतिको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्न पुग्नुभएकाे छ । उहाँ पूर्व प्रधानन्यायाधीशसमेत हुनुहुन्छ। उहाँले नेतृत्व सम्हाल्दै कानुनी निकायको सर्वोच्च सल्लाहकार पदमा पनि महिलालाई अघि ल्याउनु भएकाे छ । यो नियुक्तिलाई महिला सशक्तीकरणतर्फको थप कदमका रूपमा हेरिएको छ।



