काठमाडौँ । दक्षिणी छिमेकी भारत दुई कदम अगाडि बढेर नेपालको वर्तमान अन्तरिम सरकारलाई समर्थन गरिसकेको अवस्थामा ठुला शक्ति राष्ट्र चीन र अमेरिकाका नेपालस्थित राजदूतले बिहीबार एकैदिन प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् ।
गत भदौ २७ गते शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा पनि सहभागी नभएका दुवै देशका राजदूत बिहीबार केही घण्टाको बिचमा सिंहदरबार छिरेर कार्कीलाई बधाई दिएका हुन् ।
भेटमा प्रधानमन्त्री कार्कीले दुवै देशले नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास जनाइन्।


