दाइजोमुक्त विवाहको साक्षी बन्न रौतहट पुगिन् उपसभामुख ठाकुर – Kanika Khabar
Saturday, June 20Nepali News Portal

दाइजोमुक्त विवाहको साक्षी बन्न रौतहट पुगिन् उपसभामुख ठाकुर

    मा प्रकाशित

आरके श्रीवास्तव

रौतहट ।  प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् ।

शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत गरेका थिए । कार्यक्रममा फतुवा विजयपुरका नगरप्रमुख प्रत्याशी विजय यादव निर्विजलगायतका स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो ।

दाइजोविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी उपसभामुख ठाकुरले दहेजमुक्त विवाह सामाजिक परिवर्तनको महत्वपूर्ण आधार बन्न सक्ने बताउँदै यस्ता अभियानलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । उनले समाजमा विद्यमान कुरीति अन्त्यका लागि युवापुस्ता र अभिभावक दुवैको सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गरिन् ।

मधेश प्रदेशमा दाइजो प्रथा अझै पनि चुनौतीका रूपमा रहेको छ । कानुनी रूपमा निषेध गरिए पनि विवाहका अवसरमा हुने आर्थिक लेनदेन र सामाजिक दबाबका कारण यो प्रथा पूर्ण रूपमा अन्त्य हुन सकेको छैन्। यसले विशेषगरी विपन्न परिवारलाई थप मारमा पार्ने गरेको सरोकारवालाहरू बताउँछन् ।

यही सन्दर्भमा उच्च राजनीतिक नेतृत्वको दाइजोमुक्त विवाहमा सहभागितालाई सामाजिक सन्देशका रूपमा हेरिएको छ । स्थानीयवासीका अनुसार उपसभामुख ठाकुरको उपस्थितिले दाइजोविरुद्धको अभियानलाई थप ऊर्जा दिएको छ भने युवापुस्तालाई सकारात्मक प्रेरणा समेत मिलेको छ ।

आयोजक पक्षले विवाहलाई दाइजोरहित र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा सम्पन्न गरिएको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्