दण्डसजाय सम्बन्धी कानून परिमार्जन गर्ने निर्देशन – Kanika Khabar
Friday, March 29Nepali News Portal

दण्डसजाय सम्बन्धी कानून परिमार्जन गर्ने निर्देशन

    मा प्रकाशित

कनिका खबर
साउन १९, दाङ ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्डसजाय कम भएको निष्कर्ष निकालेको छ । समितिले आज एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको समितिले दण्ड सजाय सम्बन्धी कानूनलाई समय सापेक्ष परिमार्जन गर्न निर्देशन दिएको हो । साथै एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ ।
समितिमा उपस्थित एसिड पीडित संगीता मगर, जेनी खड्का र मुस्कान खातुनले अहिलेको सजाय कम भएको बताएका थिए । कानूनअनुसार अनुहार नै कुरुप हुने गरी एसिड आक्रमण गरेको भए पाँचदेखि आठ वर्ष र अरुमा तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । समितिले एसिड आक्रमणमा परेकाको उपचार, अध्ययनका लागि छात्रवृत्ति र सरकारी रोजगारीमा प्राथमिकता दिन समेत सरकारलाई निर्देशन दिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्