प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य र उनका परिवारका २ सदस्य कोरोना सङ्क्रमित – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य र उनका परिवारका २ सदस्य कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन १९, दाङ ।
प्रदेश एकका मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना सङक्रमण देखिएको छ । विराटनगरमा रहेका उनलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने विवरण भने खुलेको छैन ।
विराटनगर ५ स्थायी ठेगाना भएका मुख्य न्यायाधिवक्ता आचार्य सहित परिवारका तीनजना सदस्यलाई कोरोना सङ्क्रमण देखिएको छ । मुख्य न्यायाधिवक्ता आचार्यलाई एक साता अघि दुई दिनजति सामान्य ज्वरो आएको थियो ।
हिजो उनीसहित उनको घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यमा कोरोना देखिएको हो । तीनै जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनी नियमितरुपमा कार्यलयको काम र बैठकमा सहभागी भइरहेका थिए ।

बैठकका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने अनुमान गरिएको छ । प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना सङ्क्रमण देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारी पनि सतर्क बनेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्