खसी कप पुरुष भलिबलको विजेता प्याब्सन घोराही – Kanika Khabar
Saturday, August 15Nepali News Portal

खसी कप पुरुष भलिबलको विजेता प्याब्सन घोराही

    मा प्रकाशित

नवराज खत्री
दाङ, ६ असोज ।
खुला खसी कप पुरुष भलिबल प्रतियोगिता २०८२ को विजेता प्याब्सन घोराही नगर कमिटी भएको छ। विजया दशमी २०८२ को उपलक्ष्यमा फेलोसिप ट्रेनिङ सेन्टर र दाङ स्पोर्ट्स युनिफर्म तुलसीपुर ५ दाङको आयोजनामा आयोजित प्रतियोगिताको विजेता प्याब्सन घोराही नगर कमिटी भएको हो ।

अरनिको मैदान तुलसीपुरमा २ दिनसम्म चलेको प्रतियोगिताको फाइनल खेलमा १३ का विरुद्ध २५ र १० का विरुद्ध २५ को सोझो सेटले प्याब्सन घोराही नगर कमिटीको टिमले शान्तिनगर गाउँपालिकाको टिमलाई पराजित गरेको थियो ।

प्याब्सन घोराहीका तर्फबाट खेलाडीहरु नवराज खत्री, हेमराज घर्ती, झलक बुढा, कृष्ण बहादुर डाँगी, राजेश बुढा, रामप्रसाद बुढा, लक्ष्मीप्रसाद बुढा, ओपेन्द्र बुढा, नारायण प्रसाद घिमिरे र टिमकोच धनमाया बोहरा रहनुभएको थियो । यसैगरी उपविजेता शान्तिनगर गाउँपालिका तर्फबाट भिम कँडेल, अर्जुन नेपाली, केशब डाँगी, खिमराज तिवारी, भिमबहादुर थापा, धनराज पाण्डे, दिलबहादुर केसी, फर्शुराम गौतम र टिमकोच मिनबहादुर घिमिरे सहभागी हुनुहुन्थ्यो ।

फेलोसिप ट्रेनिङ सेन्टरका अध्यक्ष राजु यरीको अध्यक्षता एवम् तुलसीपुर वडा नं। ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यता तथा मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डाँगीको विशिष्ट आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगिताको विजयी टिमलाई खसी र उपविजेतालाई बोका पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा ७ ओटा समुहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ३५ बर्षभन्दा माथिको उमेर समुहका खेलाडीहरुले मात्र सहभागी हुन पाउने नियम निर्धारण गरिएको थियो ।

प्रतियोगिताको समापन समारोहको सहजीकरण केपी ओलीले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्