कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि भौतिक दुरी कायम गर्न अपिल – Kanika Khabar
Friday, March 28Nepali News Portal

कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि भौतिक दुरी कायम गर्न अपिल

    मा प्रकाशित

कनिका खबर
साउन १९, दाङ ।
विश्व स्वास्थ्य संगठन डब्लुयूएचओका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गरेका छन् । नेपालमा बन्दाबन्दी खुला गरेपछि पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो छ । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा पनि सङ्क्रमण बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलरले एक अर्काबीच कम्तीमा एक मिटरको दुरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्