सामाजिक दुरी कायम राख्दै मुगुमा रक्षाबन्धन – Kanika Khabar
Monday, November 17Nepali News Portal

सामाजिक दुरी कायम राख्दै मुगुमा रक्षाबन्धन

    मा प्रकाशित

कनिका खबर
साउन १९, मुगु
वैदिक सनातन धर्मावलम्बीले हिमाली जिल्ला मुगुमा पनि आज देश भर झै मुगुमा पनि रक्षाबन्धन अर्थात जनै पूर्णिमा मनाईएको छ । श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि यहाँका प्रसिद्ध तिर्थ धाम, तिर्थ स्थल नदी, रारा तालमा गई स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन् । स्थानीय गुरु पुजारीहरुले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको बताएका छन् ।

आज विहानै देखि छायानाथ रारा नगरपालिका वडा नं १ स्थित रहेको कालिका मालिका मन्दिरमा भक्त जनहरुको भिड रहेको थियो । जिल्लाका प्रसिद्ध तिर्थ स्थलहरु छायानाथ धाम , ऋणिमोक्क्ष तिर्थ लगायतका अन्य ससाना मठ मन्दिरहरुमा आज रक्षा बन्धनको समयमा घुईचो लागेको पुजारी भिम प्रसाद चौलागाईले जानकारी दिनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्