आजदेखि बिपी राजमार्गमा राति सवारीसाधन आवतजावतमा रोक – Kanika Khabar
Saturday, August 15Nepali News Portal

आजदेखि बिपी राजमार्गमा राति सवारीसाधन आवतजावतमा रोक

    मा प्रकाशित


काभ्रेपलाञ्चोक । आजदेखि बिपी राजमार्गमा रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवम् बाढीपहिराको उच्च जोखिम रहेको पूर्वानुमान गरेपछि सवारी साधान आवजावतमा रोक लगाइएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आजको बैठकले उक्त राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको छ । समितिले साँझ ५ बजेदेखि भोलिपल्ट बिहान पाँच बजेसम्मको अवधिमा सवारी साधन नचलाउन सूचना गरेको छ ।

समितिका अनुसार काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्