टेलिफोन र इन्टरनेटमा समस्या – Kanika Khabar
Friday, April 26Nepali News Portal

टेलिफोन र इन्टरनेटमा समस्या

    मा प्रकाशित

कनिका खवर
साउन २०, दाङ

कुरा गर्दैगर्दा टेलिफोन काटिने र इन्टरनेट सेवाको सुस्तता हुने समस्याले जुम्लाका बासिन्दालाई हैरान बनाएको छ ।
लकडाउन पछि जुम्लामा फोन कट्ने, प्रस्ट आवाज नयाउने समस्या आएको छ । भने नेपाल टेलिकमले जोडेको ल्याण्डलाइन इन्टरनेट सेवासमेत निकै ढिलो भएको छ । यसले त्यहाँको कामकाज प्रभावित भएको छ ।
सदरमुकाम खलङ्गामा समेत यो खालको समस्या रहेको उपभोक्ता गुनासो गर्दै आएका छन् । समस्याको बारेमा लागि सरोकारवाला निकायलाई जानकारी गराइएको भएता पनि समस्या समाधानमा ध्यान नदिएको स्थानियबासीको गुनासो छ ।
नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार ट्रान्समिसन क्षमता पुरानै भएका तर ग्राहक बढ्दै गएका कारण अहिले टेलिफोनमा समस्या आएको यसका लागि प्रदेश कार्यालयलाई पत्राचार गरिएको छ ।
ट्रान्समिसन लिङ्क साँघुरो छ यसको क्षमता मात्रै बढ्ने हो भने समस्या सुधारिन सक्ने जानकारी जुम्ला टेलिकम प्रमुख श्रेष्ठले बताए । यसैगरी इन्टरनेटको ढिलाइले पनि उपभोक्ता आक्रोशित छन् । रकम मात्रै काट्ने तर सेवा प्रवाहमा ध्यान नदिने काम भएको छ ।
इन्टरनेटको सुस्तातले गर्दा जुम्लामा संचालित संचार गृह, बैँक तथा वित्तिय संस्था लगायतका इ प्रणलीबाट गरिने आर्थिक कारोवार र गाउँपालिकाका धेरै काम प्रभावित हुने गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्