कारागारबाट भागेका थप ६ जना कैदी पक्राउ – Kanika Khabar
Saturday, October 18Nepali News Portal

कारागारबाट भागेका थप ६ जना कैदी पक्राउ

    मा प्रकाशित

दाङ, २२ असोज ।

तुलसीपुर कारागारबाट भागेका थप छ जना कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय भुक्तान गर्दै आएका घोराही उपमहानगरपालिका–५ का वसन्त सार्की, आठ वर्ष कैद सजाय भुक्तान गर्दै आएका घोराही–१७ का मनोज चौधरी र १४ वर्ष कैद सजाय भुक्तान गर्दै आएका सल्यानको कालीमाटी गाउँपालिका–७ का जिउपाल दमाई रहेका छन् ।

यसैगरी कर्तव्य ज्यान मुद्दामा १५ वर्ष कैद सजाय भुक्तान गर्दै आएका राप्ती गाउँपालिका–८ पिपरीका बुधराम चौधरी, जबर्जस्ती करणी मुद्दाका सात वर्ष कैद सजाय भोग्दै आएका घोराही उपमहानगरपालिका–१३ मौलाका नारायण घर्ती मगर र जबर्जस्ती करणी मुद्दामै १८ वर्ष कैद सजाय भोग्दै आएका गढवा गाउँपालिका–१ का सुनिल नेपाली पक्राउ परेका छन् ।

उनीहरूलाई भदौ १७ देखि असोज २१ गतेसम्म पक्राउ गरी कारागार कार्यलय तुलसीपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यलय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । तुलसीपुर कारागारबाट भाद्र २४ गते एक सय २४ र २५ गते एक सय २९ जना कैदीबन्दी जेलको मुलगेट तोडेर भागेका थिए । यस अघि एक सय ५५ जना पक्राउ परिसकेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्