महेश बस्नेतको चेतावनी : अध्यक्ष ओलीलाई छोए देशभरि आगो लगाइदिने – Kanika Khabar
Monday, November 17Nepali News Portal

महेश बस्नेतको चेतावनी : अध्यक्ष ओलीलाई छोए देशभरि आगो लगाइदिने

    मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् । आज बिहीबार भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले अध्यक्ष ओलीलाई छोए मात्रै देशभरि आगो लगाइदिने चेतावनी दिएका हुन् ।

‘नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औलाको भरमा लडेको महेश बस्नेतको टोली हो ।’

उनले अहिले हावाभरका जनेजी नामका नौटङ्कीहरुले च्यालेन्ज गरेर गृहमन्त्री हाहुमा लाग्ने भनई सावधान हुन आग्रह गरे । उनले भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको पनि बताए ।
युवा संघले असोज २५ गते काठमाडौंको तीनकुनेमा दिउँसो ३ बजे मोटरसाइकल र्‍याली गर्ने बस्नेतले बताए

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्