महरामाथि थुनछेक बहस आज – Kanika Khabar
Monday, November 17Nepali News Portal

महरामाथि थुनछेक बहस आज

    मा प्रकाशित

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् ।

सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता पनि भएको थियो ।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्