पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति – Kanika Khabar
Monday, November 17Nepali News Portal

पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति

    मा प्रकाशित

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन् । उनले पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै पार्टीको कार्यवाहक उपसभापतिसमेत रहेका खड्कालाई हस्तान्तरण गरेको बताएका छन् ।

देउवा जेनजी आन्दोलन भएको भदौ २४ पछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखा परेका हुन् ।

“१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्छु,” देउवाको भनाइ थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्