कान्छाको एकल रचना वाचन – Kanika Khabar
Monday, December 8Nepali News Portal

कान्छाको एकल रचना वाचन

    मा प्रकाशित

घोराही । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको ८२ औं एकल रचना वाचन पत्रकार तथा साहित्यकार राजकुमार कान्छाले गर्नुभएको छ ।

कार्यक्रम राप्ती साहित्य परिषद् दाङ शाखा अध्यक्ष यम रेग्मीको अध्यक्षता एवं वरिष्ठ साहित्यकार भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरीको प्रमुख आतिथ्यतामा भएको थियो ।

‘भाषाको विकास गर्न साहित्यको महत्व हुन्छ’– डा. गिरीले भन्नुभयो– ‘आफ्नो भाषामा लेख्ने संस्कृति बढेर जाओस् ।’ उहाँका अनुसार कान्छाले नेपाली, थारु र हिन्दी भाषामा गरेका रचना वाचन गर्नुभएको थियो । यो निकै महत्वपूर्ण कुरा हो । कान्छाले गजल र कविताहरु वाचन गर्नुभएको थियो ।

संकटको बेलामा सार्थक हस्तक्षेप र सकारात्मक भूमिका खेल्न सक्ने उहाँको भनाइ थियो । सो अवसरमा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साहित्यकार कान्छाले पाँच नेपाली, पाँच थारु र चार हिन्दीसहित १४ वटा रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य शाखा उपाध्यक्ष सुरेशकुमार पाण्डेय र सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्