पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस सङ्क्रमण, काठमाडौंमा सबैभन्दा धेरै ६२ जना सङ्क्रमित – Kanika Khabar
Sunday, July 19Nepali News Portal

पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस सङ्क्रमण, काठमाडौंमा सबैभन्दा धेरै ६२ जना सङ्क्रमित

    मा प्रकाशित

कनिका खवर
साउन २०, दाङ
पछिल्लो २४ घण्टामा देशमा २५९ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र ६२ जनामा सङ्क्रमण देखिएको छ । यससँगै देशभर कुल सङ्क्रमितको संख्या २१ हजार ९ पुगेको छ । यस मध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना सङ्क्रमित थपिएका छन् । यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३ ÷ १३ जना सङ्क्रमित भएका छन् । यस्तै सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७ ÷ ७ जना र रौतहटका ६ जनालाई कोरोना सङ्क्रमण भएको छ । गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २ ÷ २ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका एकरएक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्