कलश सहकारीका शेयर सदस्य केसीलाई १० हजार राहत प्रदान – Kanika Khabar
Monday, December 8Nepali News Portal

कलश सहकारीका शेयर सदस्य केसीलाई १० हजार राहत प्रदान

    मा प्रकाशित
  • हेमराज शर्मा
  • दाङ, कार्तिक १५ ।

दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शेयर सदस्य घनश्याम केसीलाई राहत वितरण गरेको छ । गत भदौ २४ गते जेन जि आन्दोलनका क्रममा केसीले जेसिज भवन घोराहीमा सञ्चालन गरेको सौर्य फोटो स्टुडियोमा आगजनी भई जली नस्ट भएकाले संस्थाले राहत स्वरुप १० हजार रुपैया प्रदान गरेको हो ।

संस्थाको सदस्य कल्याण कोष अन्तरगत केसीलाई राहत रकम हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षतामा संस्थामा शनिबार आज आयोजित एक कार्यक्रममा उहाँलाई राहत रकम प्रदान गरिएको हो । सो अवसरमा राहत रकम पाउने केसीले संस्थाले प्रदान गरेको सहयोगले आफ्नो व्यवसाय सञ्चालनमा सानो भएपनि सहयोग मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कलश सहकारीले आफ्ना शेयर सदस्यहरु आपत विपतमा पर्दा आर्थिक सहयोग गर्ने गरेको छ । घोराही उपमहानगरपालिकाभित्र कार्यक्षेत्र रहेको कलश सहकारीले बचत तथा ॠण कार्यक्रमसगै घोराहीको तुल्सिपुरचोकमा सहकारी पसल संचालन गर्दै आइरहेको छ । नियमित सहकारी शिक्षा कार्यक्रम, बाल बचत लगायत आकर्षक बचत कार्यक्रमसगै आफ्ना सदस्यलाई सहुलियत ब्याजदरमा ऋण लगानी गर्दै आइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्