नेकपा सचिवालय बैठक सम्पन्न, २५ गते स्थायी कमिटीको बैठक – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपा सचिवालय बैठक सम्पन्न, २५ गते स्थायी कमिटीको बैठक

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २०, काठमाडौँ ।
बहुप्रतिक्षित रुपमा हेरिएको नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको ‘ग्रिन कार्ड’ फ्याँकिएका बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको सदस्य बनाउने निर्णय भएको छ । पार्टीलाई एकतावद्ध गराएर अगाडि बढ्ने र नीति निर्देशनका आधारमा सत्ता सञ्चालन गरी देश र जनताको पक्षमा समाजवाद उन्मुख कार्यमा दृढतापूर्वक अगाडि बढ्ने निर्णय भएको बैठक पश्चात प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वले गरेका कमिकमजोरीप्रति आत्मलोचना गरेका थिए । पार्टीभित्र बडो जोडदारका साथ माग गरिएको स्थायी कमिटीको बैठक यही बैशाख २५ गते बोलाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्