भक्तपुरमा हालसम्म ५० जना कोरोना सङ्क्रमणपछि निको भए – Kanika Khabar
Friday, March 29Nepali News Portal

भक्तपुरमा हालसम्म ५० जना कोरोना सङ्क्रमणपछि निको भए

    मा प्रकाशित

कनिका खवर
साउन २०, दाङ
भक्तपुरमा हालसम्म ५० जना कोरोना सङ्क्रमणपछि निको भएका छन् । संक्रमित ५९ जनामध्ये अब ९ जना अस्पतालमा उपचाररत छन् । भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा कोरोना सङ्क्रमित फेला परेका छन् । भक्तपुर नगरपालिका क्षेत्रमा जिल्लामै सबैभन्दा बढी १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै चाँगुनारायण नगरपालिकामा १२ जना, मध्यपुर थिमि नगरपालिकामा ८ जना र सूर्यविनायक नगरपालिकामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्य १६ जना सङ्क्रमित भक्तपुरमै रहेको भएपनि उनीहरूको ठेगाना खुलाइएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार सङ्क्रति हुनेमा २८ जना पुरुष र ३१ जना महिला रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्