फेरि राहत बाँडे न्यौपानेले – Kanika Khabar
Friday, September 11Nepali News Portal

फेरि राहत बाँडे न्यौपानेले

    मा प्रकाशित

कनिका खबर
तुलसीपुर २० साउन ।
तुलसीपुर ११ का युवा समाजसेवी माधब न्यौपानेले १५ विपन्न घरपरिवारलाई राहत वितरण गरेका छन् । कोभिड १९ का कारण प्रभावित तुलसीपुर ११ स्थित बेल्टाकुरा, हस्नापुर, कटाहा लगायतका गाउँका गरी आर्थिक बिपन्न १५ घरपरिवारलाइ प्रति घरपरिवार १ बोरा चामल, २ किलो दाल, १ किलो चिउरा, १ किलो चिनी, २ वटा साबुन लगायतका सामग्री बितरण गरिएको हो । हाल काठमाडौं स्थित काठमाडौं ईन्टरनेसनल स्टडी सेन्टरमा कार्यरत समाजसेवी न्यौपानेले पठाएकाे उक्त राहत सामग्री तुलसीपुर ११ का वडा सदस्य सुवास डाँगीकाे उपस्थितिमा न्यौपानेका बुबा मिन प्रसाद न्यौपाने, भाइहरु दुर्गा प्रसाद न्यौपाने र रोहित न्यौपानेले वितरण गरेका थिए । उनले यस अघि पनि २ दर्जन बढीलाइ राहत वितरण गरेका थिए

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्