काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा रौतहटका पूर्व जिल्ला सभापति मोहम्मद आफ्ताब आलमको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिवार बसेको बैठकले आलमको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।
बैठकले कात्तिक २३ गते काङ्ग्रेसका सबै तहका पार्टी कार्यालय बन्द गर्ने, १३ दिनसम्म शोक पुस्तिका राख्ने र सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको छ।
बैठकले आलमको निधनबाट पार्टीले एक अनुभवी र समर्पित नेताको निधन भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ। आलमको शोकमा पार्टीले कात्तिक २२, २३ र २४ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
यस्ता छन् आकस्मिक बैठकका निर्णयहरू



