
काठमाडौं । पछिल्लो समय ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिया नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल आज बुधबार काठमाडौँमा कार्यक्रम गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । पार्टीको हाइकमान्डमा सदस्य रहने गरी रावललाई भूमिका हुने बताइएको छ ।
कार्यक्रम आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ । कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने तयारी छ ।
स्रोतका अनुसार रावललाई नेपाली कम्युनिस्ट पार्टीमा छैटौं वरीयता दिने सहमति नेताहरुबीच भएको छ । रावलको समूहका नेता–कार्यकर्ताहरुलाई उचित स्थान दिने समझदारी पनि भएको छ ।
६ महिनाभित्र एकता महाधिवेशन गर्ने र पार्टीका दस्तावेज लेखनको नेतृत्व रावललाई दिने लगायतका समझदारी भएका छन् ।


