काठमाडौं । अस्ट्रेलियामा सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको हो । दुर्घटनामा परी आमा, बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो । हजुरआमा भने बाँच्न सफल भएको समाचारमा उल्लेख छ ।
भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको मृत्यु भएको हो । कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेहरू एकै परिवारका बाबु, आमा र छोरा हुन् । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ ।
घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।
घाइते महिलाको उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।


