काठमाडौं उपत्यका भित्रिने नाकामा कडाई – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

काठमाडौं उपत्यका भित्रिने नाकामा कडाई

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
सुबास चौलागाई,
काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा कडाई गरिएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै विभिन्न नाका हुँदै काठमाडौं भित्रिनेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको छ । उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ । प्रहरीले आज पैदल हिडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ । उपत्यका भित्रिने भक्तपुरको साँगा नाकामा आज अपरान्ह ४ बजे सम्म मास्क नलगाका २५ जनालाई प्रहरीले कारवाही गरेको छ । साथै पास नभएका गाडीहरुलाई फिर्ता पठाइएको छ । त्यस्तै उपत्यका प्रवेश गर्ने नाका साँगा हुँदै काठमाडौं भित्रिने पास विनाका गाडीहरुलाई फिर्ता गरिएको छ भने मास्क नलगाई यात्रा गर्ने र पैदल यात्रुहरु कारवाही परेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्