दाङ, १५ मङ्सिर ।
कनिका खबर प्रालिद्वारा सञ्चालित कनिका खबर डट.कम.को आयोजना हुँदै आएको कनिका क्विज सिजन— ३ आगामी पुस १० गते हुने भएको छ । दाङ जिल्ला स्तरीय कनिका क्विज सिजन— ३ यस वर्ष आगामी पुस १० गते हुने भएको हो ।
प्रतियोगितामा दाङ जिल्लाभरका कक्षा १० सम्मका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी हुन सक्ने प्रावधान रहेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय तथा विद्यार्थीहरुलाई प्रमाणपत्र व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम दाङको घोराहीस्थित मनकामना सेकेन्डरी बोर्डिङ स्कुल, चौघेरामा बिहान १०ः ३० बजेदेखि सुरु हुने बताइएको छ ।



