कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अल्पसंख्यक समुदायमा परेको अध्ययनको निष्कर्ष – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अल्पसंख्यक समुदायमा परेको अध्ययनको निष्कर्ष

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अल्पसंख्यक समुदायमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको एक अध्ययन अनुसार अश्वेत र अल्पसंख्यक समुदायका मानिसहरुमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा उच्च हुनेको गरेको छ । अध्ययनका अनुसार अल्पसंख्यक र अश्वेत मानिसहरु प्रायः कामदार, सार्वजनिक यातायातको प्रयोग अत्याधिक गर्ने र विभिन्न घरहरुमा काम गर्ने भएकाले उनीहरुमा कोरोना भाइरसको जोखिम उच्च हुने गरेको हो । रेस इक्वालिटी थिन्क ट्याक्क ¥यानिमेडे टेस्ट्सले अमेरिकाको न्युयोर्क राज्यमा पनि अध्ययन गरेको र त्यहाँपनि अश्वेत मानिसहरुमा कोरोना सङ्क्रमणको जोखिम उच्च हुनेको गरेको पाइएको थियो । यसअघि पनि बेलायतको राष्ट्रिय स्वास्थ्य आयोगले गरेको एक अध्ययनमा अश्वेत र अल्पसंख्यक समुदायका मानिसहरुमा कोरोना सङ्क्रमणको जोखिम सबैभन्दा धेरै देखिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्